×
Lagani
Lagani Shiksha gif
बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पाेखराबाट पक्राउ, यातायात ठप्प



नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दको असर पोखरामा पनि परेको छ । प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ ।

बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । कास्कीका डीएसपी सुन्दर तिवारीले पक्राउ परेकासँग सोधपुछ भइरहेको बताए ।

नेकपाका कार्यकर्ताले पाेखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । पोखरामा बिहानैदेिख बन्दको प्रभाव छ । सार्वजनिक यातायात ठप्प छ भने निजी सवारीसाधन पनि फाट्टफुट्ट गुडेका छन् । बजार बन्द छ। अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।

254583443 584281586167296 8390931317315766798 n.jpg बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पाेखराबाट पक्राउ, यातायात ठप्प

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस