×
Lagani
Lagani Shiksha gif
ग्लोबल आइएमई बैंकमा खाता एनसेलको सिम निःशुल्क पाहिने



ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन सक्छन् । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउँछन् ।

एनसेल आजियाटा लिमिटेड र ग्लोबल आइएमई बैंकबीच ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भईसकेको छ । ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता वैदेशिक रोजगारीमा जाने कामदारहरु, उनीहरुका परिवार र रेमिटेन्स आम्दानी भएका व्यक्तिहरुका लागि विशेष बचत खाता हो । यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकले आकर्षक योजना सहितको एनसेलको सिम कार्ड र बैंकको विभिन्न सुविधाहरुको फाइदा लिन सक्छन् ।

Lagani Shiksha gif
sharehubapk ग्लोबल आइएमई बैंकमा खाता एनसेलको सिम निःशुल्क पाहिने

यस सम्झौता अनुरुप, ग्लोबल बैंकमा खाता खोल्ने ग्राहकले १२ महिना सम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्दछन् । यस योजना अन्तर्गतको सिम कार्डमा ग्राहकले रु २० को मेन ब्यालेन्स, ७ दिनको समयसिमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्नेछन् ।

त्यस्तै सिम सुचारु भएको पहिलो २ दिनमा भएको रु १०० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा प्राप्त गर्दछन् । प्राप्त सेवा, सुविधाहरु ७ दिनको लागि मान्य रहनेछ । यसका साथै ग्राहकले १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत रिचार्जमा बोनसको फाइदा लिन सक्छन् भने भारत, मलेसिया तथा खाडी मुलुकमा कल गर्ने शुल्कमा छुटको फाइदा पनि लिन सक्छन् ।

सहयात्री सिममा ग्राहकका लागि एनसेल जब सपमा एक महिनाको निःशुल्क पहुँच र मासिक प्लानमा ५० प्रतिशत छुट पनि रहेको छ । यसका साथै ग्राहकले कल आयो पैसा पायो, बीप सेवा तथा निश्चित स्थानहरुमा निःशुल्क रोमिङ सेवा जस्ता सेवाहरुको फाइदा पनि लिन सक्नेछन् ।

इच्छुक विद्यमान् सहयात्री सिमका ग्राहकले पनि यस योजनाको लागि योग्य भएमा ग्लोबल बैंकको बैंकिङ सेवा लिन सक्छन् । यो योजनाबाट फाइदा लिन ग्राहकले आफ्नो नजिकैको ग्लोबल आइएमईको शाखामा गई ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोलेर निःशुल्क सहयात्री सिम लिन पर्दछ ।

१८ वर्ष वा सो भन्दा माथिका वैदेशिक रोजगारीमा जान इच्छुक कामदार वा रेमिट्यान्स आम्दानीको स्रोत रहेका नेपालीहरु यो योजनाको लागि योग्य रहेका छन् । ग्राहकले कुनै पनि रकम जम्मा नगरी निःशुल्क ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोल्न सक्छन् । यो योजाना अन्तर्गतको खातामा ग्राहकले डेबिट कार्ड, एक वर्षको लागि निःशुल्क इन्टरनेट वा मोबाइल बैंकिङ सुविधा, निःशुल्क एबीबीएस सेवा जस्ता विभिन्न सेवाहरुको लाभ पनि लिन सक्छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस