LEC 183.1 -2.9 LICN 1296 -3 JSLBB 1355.2 7.9 SDBD87 1005 0 SBID89 1015 7.9 SMJC 361 -1.1 SARBTM 791 21 SABSL 874 -16 NIMBPO 132.7 -3.3 MBJC 293 2 GBBL 366.9 -2.7 PFL 665 -2 DORDI 406 -6 SFMF 9.91 0.28 IHL 388 -3.9 HDL 1313 13 LLBS 1072.1 -34.9 HATHY 834 -19.1 MSHL 621 -9.1 NIBLGF 7.95 0 HIDCLP 99 -1.1 NMBMF 645.3 -24.5 MKCL 864.9 10 CBLD88 1059 18 SPL 668 15 CMF1 8.83 -0.11 SHIVM 503 5 RNLI 427 -5.4 CFCL 390 -6 BBC 3728.9 -13.1 KRBL 438 -11 VLBS 855 -30 CHL 314.9 -7.1 SAGF 8.67 0.01 SHLB 1586.9 26.9 CCBD88 1061 9 NMB50 9.55 0.18 MERO 690 -3 CIT 2110.1 -1.9 CHCL 434.3 -5.7
×
बढेर आयो पेट्रोलिमय पदार्थको मूल्य।



इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ ।

नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसालेले बढेर प्राप्त भएको निगमले जनाएको छ । मट्टितेलको मूल्य भने प्रतिलिटर केही घटेर आएको छ ।

निगमका अनुसार एलपी ग्याँसमा ३५९.५० प्रति सिलिन्डर घाटा रहेको छ भने १५ दिनको घाटा ४६.४४ करोड रहेको छ । पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा आगामी १५ दिनमा निगमलाई अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने देखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आईओसीलाई ८ जनवरी २०२३ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं सरकारलाई तिर्नुपर्ने ऋण गरी अझै करिब १८ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलिमय पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र आईओसीको बक्यौता एवं नेपाल सरकारको ऋणको व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण रहेकोले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत रहेन निगमले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस