बिहीबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख एक हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूलय तोलाको एक लाख ६ सय रुपैयाँ निर्धारण भएको थियो ।
यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोला १४ सय रुपैयाँ निर्धारण भएको थियो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















