×
Lagani
Lagani Shiksha gif
यस्ताे छ आजको विदेशी मुद्राेकाे विनिमय दर

सांकेतिक तस्बिर



नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलरकाे भाउमा सामान्य परिर्वतन भएको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८८ पैसा तोकिएको छ । बुधबार भने अमेरिकी डलर खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८६ पैसा कारोबार भएको थियो ।

Lagani Shiksha gif

यस्तै, युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ७३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३७ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा १९ पैसाले युरोपियन युरोमा आरालो लागेको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ९५ पैसा तोकिएको छ । बुधबार यसको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ७५ पैसा तोकीएको थियो ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३७ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ५ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४३ पैसा र बिक्रीमा १० रुपैयाँ ४८ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९८ पैसा र बिक्रीमा १७ रुपैयाँ ५ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ८८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ८४ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ४४ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस