×
Lagani
Lagani Shiksha gif
एकीकृत समाजवादीद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव



नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ। इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो।

सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। उनले पद बाँडफाँट शक्ति सन्तुलनका आधारमा हुने भएकाले राष्ट्रपतिमा आफ्नो पार्टीले दाबी गर्ने बताएका हुन्।

Lagani Shiksha gif
sharehubapk एकीकृत समाजवादीद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

शक्ति सन्तुलन र पद बाँडफाँटबारे सोमबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच सघन रूपमा छलफलसमेत भएको थियो। आफ्नो निवास कोटेश्वरमा भएको छलफलका क्रममा अध्यक्ष नेपालले नेकपा एसले तत्कालै प्रधानमन्त्री दाबी नगर्ने तर राष्ट्रपतिको ‘बटमलाइन’ नछाड्ने बताएका थिए।

अध्यक्ष नेपालले आलोपालो प्रधानमन्त्री हुनुपर्ने तर कसले पहिला नेतृत्व गर्ने भन्ने विषयमा कांग्रेस र माओवादी केन्द्रले आपसी समझदारीमै तय गर्नुपर्नेमा जोड दिएका थिए। ‘सरकार गठन अहिलेकै गठबन्धनबाट हुनुपर्छ भन्ने कुरामा नेकपा एस दृढ छ। आलोपालो सरकार सञ्चालन गर्ने विषयमा पनि पार्टी प्रस्ट छ। तर कसले पहिला नेतृत्व गर्ने भन्नेबारे दुई पार्टीले आपसी समझदारीमा तय गर्नुपर्छ,’ नेपालको भनाइ उद्धृत उर्दै उनीनिकट एक नेताले भने।

सोमबार दिउँसो मात्रै अध्यक्ष नेपालले वामपन्थी सरकार बनाउने विषय अल्मल्याउन गरिएको ‘फन्डा’ मात्रै भएको बताए। पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा वाम गठबन्धन भनेर अल्मल्याउन खोजिएको तर सरकार भने गठबन्धनकै बन्ने बताए।

उनले गठबन्धनमा रहेका दलहरूले अहं प्रस्तुत गरे नेकपा एसले जस्तोसुकै निर्णय लिन सक्ने पनि बताए। उनले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भनेर आम चासोको विषय बनेको पनि बताए।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस