×
थाहा पाउनुहोस् आजको मौसम



हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको आकलन छ । शुक्रबार सुदूरपश्चिम र कर्णाली लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण महाशाखाले गरेको छ ।

पछिल्लो समय तराईमा हुस्सुरकुहिरो लाग्न थालेको छ । मुलुकभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस