×
बेसिन लिएर गएका मस्कले बर्खास्त गरे ट्वीटरका सीइओ सहित चार शीर्ष अधिकारी !



विश्वकै धनाढ्य एलोन मस्कले सोशल मिडिया कम्पनी सामाजिक सञ्जाल ट्विटरको स्वामित्व आफूले लिएपछि ट्वटीरका उच्च पदस्थ अधिकारीलाई बर्खास्त गरेका छन् ।

४४ अर्ब डलर डिल क्लोज गरेसँगै  मस्कले  ट्विटरका सिइओसहित उच्च कर्मचारी बर्खास्त गरेका हुन् । बर्खास्त गरिएका ट्विटरका अधिकारीहरुमा ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेट रहेका छन् ।

मस्कले ट्विटर किन्नको लागि आफ्नो सम्झौता पूरा गर्न शुक्रबारको म्यादको सामना गर्नुपरेको छ । कार्यकारीहरूलाई बर्खास्त गर्दा उनले अधिग्रहण बन्द गरेका थिए कि थिएनन् भन्ने स्पष्ट पारिएको छैन् । उनी बुधबार सान फ्रान्सिस्कोमा कम्पनीको मुख्यालय पुगेका थिए र इन्जिनियरहरू र विज्ञापन कार्यकारीहरूसँग भेटेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस