अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन नम्बर ४, बागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापालाई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।
अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो ।
घुस मागेको उजुरीका आधारमा आयोग, टंगालबाट खटिएको टोलीले सत्याल र थापालाई सेवाग्राहीबाट १६ लाख नगद र १२ लाखको चेक लिइसकेको अवस्थामा मन्थली–१, स्थित इन्जिनियरको निवासबाट नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted








