×
Lagani
Lagani Shiksha gif
आजदेखि कारोबारमा आउदै पिपुल्स पावर र सयपत्री हाइड्रोको आईपियो , ओपनिङ्ग रेञ्ज कति ?



आजदेखि नेप्सेमा २ कम्पनीको शेयर कारोबार सुरु हुने भएको छ।

आज नेप्सेमा सयपत्री हाइड्रोपावर र पिपुल्स पावरको शेयर स्पेसल प्रि -ओपन सेसनमा कारोबार भएमा दोस्रो बजारमा कारोबार सुरु हुने छ । बिहिबार सयपत्री हाइड्रोपावर कम्पनीको ३० लाख कित्ता साधाधारण शेयर सूचीकृत भएको हो भने पिपुल्सको  ६३ लाख २६ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो।

Lagani Shiksha gif

पिपुल्स  पावरले  साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका-१ र ४ मा पुवा खोलाको पानीबाट ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा-२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रु. ९४ दशमलव ९६ देखि अधिकतम रु. २८४ दशमलव ८८ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ ।

त्यस्तै सयपत्री हाइड्रोपावर ६ लाख कित्ता सर्वसाधारणको लागि, ३ लाख कित्ता उद्योग प्रभावित स्थानीय  बासिन्दाका लागि र २१ लाख कित्ता संस्थापकहरूको लागी गरेर कुल ३० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ६४ दशमलव ९६ देखि १९४ दशमलव ८८ ओपन रेञ्ज तोकेको छ ।

सयपत्री हाइड्रोपावरले SPHL कारोबार संकेत पाएको छ भने पिपुल्स पावरले  PPL कारोबार संकेत पाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस