DOLTI 406 -5 ADBLD83 1080 -18.5 NLICL 549.9 4.9 DDBL 753.1 35 HDL 1301.5 -9.5 MLBLD89 1100.1 5.1 NICLBSL 676 26.3 CBLD88 1040 -19 SANIMA 242 1 UPPER 164.5 -1.5 GHL 149.3 -0.7 SFEF 7.71 -0.14 RSDC 712 8 MMKJL 438 -9 FMDBL 670.1 15.1 LSL 157 3 BARUN 235 3.1 LICN 1315 2.1 NICD83/84 1033 7.9 NTC 830 1 ILBS 1378 38 PMHPL 227.9 -0.1 PPL 540 -30 JBBD87 1000 -4 LEC 182.3 -0.7 BNHC 520 0 HDHPC 133.4 0.3 TAMOR 375.9 6.9 AKPL 165 -2.1 CYCL 1597 72 UNLB 2120 79.9 LLBS 1145 72.9 NRIC 682.6 -4.9 SWBBL 834 24 NIMBD90 1081 0 CHL 313.7 -1.2 SHINE 390 -6.9 CORBL 469 2.9 DHPL 193.7 -5.2 HPPL 252.2 -8.8
×
अमेरिकी डलरको मूल्य स्थिर, युरो घट्याे

सांकेतिक तस्बिर



अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको हो । अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ३८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९८ पैसा रहेको छ । आइतबार पनि अमेरिकी डलर सोही दरमा कारोबार भएको थियो ।

तर युरोपियन युरो भने ओरालो लागेको छ । युरो घटेर खरिद मूल्य १२६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य १२७ रुपैयाँ ३८ पैसा कायम भएको छ । जब कि आइतबार युरो खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२८ रुपैयाँ १५ पैसा रहेको थियो ।

त्यस्तै, अष्ट्रेलियन डलरको विनिमय दर सामान्य घटेको छ । यसअघि एकको खरिद मूल्य ८६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ १९ पैसा रहेको अष्ट्रेलियन डलर सोमबार एकको खरिदमा ८६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८७ रुपैयाँ १७ पैसा रहेको छ ।

यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४६ पैसा र बिक्रीमा १८ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यता, कतारी रियाल र साउदी रियालमा पनि सामान्य गिरावट आएको छ । साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

यसअघि एकको खरिद मूल्य ३४ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९६ पैसा रहेको कतारी रियाल खरिदमा ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९४ पैसा रहेको छ ।

मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९ रुपैयाँ ३९ पैसा, हङकङ डलर एकको खरिद दर १६ रुपैयाँ २३ पैसा र बिक्री दर १६ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४१३ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ४१५ रुपैयाँ २५ पैसा र बहराइन दिनार एकको खरिद दर ३३७ रुपैयाँ ८८ पैसा र बिक्री दर ३३९ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस