×
Lagani
Lagani Shiksha gif
आज तिज , शेयर बजार खुल्छ कि खुल्दैन ?



आज तीज , हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड।

तिज पर्वको अवसरमा सरकारले महिलाहरुलाइ सार्बजनिक विदा दिएको छ।  त्यसकारण आज महिलाको विदा भएको हुदा शेयर बजार खुल्छ कि खुल्दैन भन्ने अन्योल सबैमा रहेको छ।  यसबारे हामीले नेप्से सँग बुझ्दा आज शेयर बजार खुला रहने जनाएको छ।  बिशेषगरि महिलाको लागि मात्र विदा भएको कारण शेयर बजार बन्द गर्न नमिल्ने नेप्सेले जनाएको हो।

Lagani Shiksha gif

तिज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ। आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् भन्ने विश्वास गरिन्छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस