×
Lagani
Lagani Shiksha gif
पिपुल्स पावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक !



पिपुल्स पावर कम्पनीको आईपीओ आइतवार अर्थात भदौ १२ गते बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओको प्रि अलोटमेन्ट बुधवार सम्पन्न भइसकेकाले १२ गते आफ्नै कार्यालयमा आईपीओ  बाँडफाँट हुने भएको हो। कम्पनीको आईपीओमा माग भन्दा ७ दशमलव ९३ गुणा बढी आवेदन परेको हुदा आईपीओ गोलाप्रथाद्धारा बाँडफाट हुनेछ ।

Lagani Shiksha gif
sharehubapk पिपुल्स पावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक !

कम्पनीको आईपीओमा अन्तिम दिन सम्म १६ लाख ६ हजार १०९ जनाले आवेदन दिएका हुन । जसमध्ये २ लाख २९ हजार ४६८ जनाले मात्रै शेयर पाउनेछन भने  बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो।  कुल निष्कासन मध्य १ लाख २३ हजार ३७० कित्ता सामुहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने  बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणमा बाँडफाँट  गरिने छ।

कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ ।

आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी १ करोड ६२ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९४ दशमलव ९६ छ । जसले गर्दा कम्पनीको दोस्रो बजारमा ओपनिङ्ग रेञ्ज रू. ९४ दशमलव ९६ देखि रू. २९० दशमलव ८२  सम्म हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस