नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कक्षा १२ को परीक्षा स्थगन हुने बताएका छन् ।
आगामी साउन ३१ गतेदेखि हुन लागेको परीक्षा कोरोनाको जोखिमका कारण स्थगित गर्नुपर्ने माग जताततै उठेको समयमा उनले स्थगन हुने बताएका हुन् ।
विहान पनि उनले सामजिक सञ्जालबाट परिक्षा रोक्न माग गरेका थिए । प्रवक्ता शर्माले सामाजिक सञ्जालबाटै परीक्षा स्थगतको निर्णय आउन लागेको जानकारी दिएका हुन् ।
‘स्थगनको निर्णय आउँदैछ । आन्तरिक समन्वयको प्रक्रिया टुंगोमा पुग्दैछ ।’ उनले भनेका छन्, ‘सरकारका लागि विद्यार्थी जीवनको रक्षाभन्दा ठूलो तिनको परीक्षा अहिले किमार्थ हुन सक्दैन ।’
परीक्षाका लागि स्वास्थ्य सुरक्षाको भरपर्दाे व्यवस्था सुनिश्चित नभए रोक्नुपर्ने उनको भनाइ छ। उचित समाधानका लागि सम्बन्धित निकायसँग संवादको क्रममा रहेको उनले बताए। कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने गरी बोर्डले सूचना निकालेको थियो।
















