×
Lagani
Lagani Shiksha gif
कोरोना विरुद्ध गोदरेज नेपालको सहयोग



काठमाडौँः कोरोना संक्रमणलाई फैलिनबाट रोक्नको लागि गोदरेजले मिस्टर म्याजिक स्वच्छतामा सुरुक्षा अभियान सुरु गरेको छ ।

कोरोना महामारीको समयमा हात धुने महत्वलाई ध्यानमा राख्दै मान्छेहरुलाई हात धुन प्रोत्साहन गर्ने उद्देश्यले सो अभियान सुरु गरेको बताइएको छ । यस कार्यक्रम अन्तर्गत गोदरेजले भाटभटेनी लगायत काठमाडौँका विभिन्न अस्पतालहरुमा हात धुने अभियान सुरु गरेको हो । 

Lagani Shiksha gif

अभियान अन्तर्गत राजधानीको १० ओटा अस्पतालहरुमा यो अभियान सञ्चालन गरिएको छ । सहिद गंगालाल स्मारक अस्पताल, त्रि।वि। शिक्षण अस्पताल, अल्का अस्पताल, ओम हस्पिटल र के।एम।सी अस्पतालमा यो महिना र ग्रिन सिटी हस्पिटल, मनमोहन मेमोरियल हस्पिटल, पाटन हस्पिटल, सुमेरु हस्पिटल र नेपाल मेडिकल कलेज एण्ड हस्पिटलमा अर्को महिना देखि यो अभियान सुरु हुनेछ । 

कोरोना विरुद्ध गोदरेज नेपालको सहयोग

विभिन्न अस्पतालहरुमा सञ्चालन भइरहेको Mr Magic Activation Program को झलक

यी हस्पिटलहरुमा मिस्टर म्याजिकको निःशुल्क हात धुने स्टलको व्यव्स्था गरिएको छ । 

प्रत्येक स्टलमा गोदरेजको उत्पादन मिस्टर म्याजिक ह्यान्डवास र पानीको व्यवस्था गरिएको छ । मिस्टर म्याजिक पाउडर ह्यान्डवास हो जुन पानीको सम्पर्कमा आएपछि लिक्विड बन्छ । एउटा बोटलमा २०० मि।लि। पानी र मिस्टर म्याजिक पाउडर राखेर सजिलै ह्यान्डवास बनाउन सकिनेछ । यसको रिफिल पनि बजारमा सजिलै उपलब्ध छ ।

पटक पटक हात धोएर कोरोना संक्रमणलाई एक व्यक्ति देखि अर्को व्यक्तिमा फैलिन नदिनको लािग गोदरेज नेपालको यो एक सानो प्रयास हो ।

कोरोना विरुद्ध गोदरेज नेपालको सहयोग

विभिन्न अस्पतालहरुमा सञ्चालन भइरहेको Mr Magic Activation Program को झलक

कोरोना विरुद्ध गोदरेज नेपालको सहयोग

विभिन्न अस्पतालहरुमा सञ्चालन भइरहेको Mr Magic Activation Program को झलक

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस