×
नेपाल टेलिकमको नाफा घट्यो ,यस्ता छन् अन्य सूचक



नेपाल टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक गरेको छ।

टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार खुद नाफा गरेको छ जुन गत वर्षको रू. ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार खुद नाफा भन्दा २२ प्रतिशतले कमी आएको हो।

कम्पनीको कुल चालू सम्पत्ति रू. ६२ अर्ब ६ करोड २६ लाख र कुल चालू दायित्व रकम रू. ३१ अर्ब ८६ करोड २४ लाख ७४ हजार छ भने कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी रू. ५२ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. ६५३ दशमलव १० रहेको छ ।

कम्पनीकोजगेडा कोष रकम रू. ८२ अर्ब ९६ करोड ४९ लाख १४ हजार रहेको छ जुन् गत वर्षको तुलनामा करीब ८ प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ७६ अर्ब ८४ करोड २१ लाख ८६ हजार थियो ।

कम्पनीले यस वर्ष रू. ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार कुल आम्दानी गरेको छ ।हाल कम्पनीको शेयर मूल्य १३७७ रहेको छ। कम्पनीको बजार पुजिकरण २ खर्ब ५५ करोड पुगेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस