×
Lagani
Lagani Shiksha gif
रिलायबल नेपाल लाइफले आइपियो निस्कासन गर्ने , यस्तो छ नाफा



आईपीओ निस्कासनको तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक गरेक छ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ३२ करोड ३४ करोड ७३ लाख कुल बीमाशुल्क आर्जन गरेको छ जुन गत वर्षको रू. १ अर्ब २१ करोड ५६ लाख ७३ हजार कुल बीमाशुल्क आर्जन भन्दा ९१ प्रतिशत बढी हो।

यस वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. २० करोड ३४ लाख खुद नाफा गरेको छ । कम्पनीले यस वर्ष रू. २४ करोड ८० लाख कुल आम्दानी गरेको छ जुन गत वर्ष भन्दा आम्दानी २२ प्रतिशत बढेको हो।

चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको यस कम्पनीको जगेडा कोष रकम रू. ८२ करोड ३२ लाख कायम भएको छ । सर्वसाधारणमा आईपीओ जारी गरी कम्पनीले रू. २ अर्ब चुक्तापूँजी कायम गर्नेछ ।

जीवन बीमा कोष रकम १३२ प्रतिशत बढेर रू. २ अर्ब ३७ करोड २१ लाख पुगेको छ । कम्पनीले यस वर्ष कम्पनीले ७०९ प्रतिशत बढी रू. ५ करोड २६ लाख बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ ।

reilable रिलायबल नेपाल लाइफले आइपियो निस्कासन गर्ने , यस्तो छ नाफा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस