रु रु जलविद्युत् परियोजना लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक गरेको छ।
परियोजनाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ६ करोड १३ लाख १२ हजार खुद नाफा गरेको छ । जुन गत बर्षको खुद नाफा रू. ५ करोड ४३ लाख ४९ हजार भन्दा करीब १३ प्रतिशत बढी नाफा कम्पनीले गरेको हो ।
नेप्सेमा सुचिकृत भएर वैशाख २० गतेदेखि कारोबार शुरु भएको कम्पनीको शेयरमूल्यमा निरन्तर वृद्धि भइरहेको छ । हाल कम्पनीको शेयरमूल्य ९ दशमलव ८२ प्रतिशतले बढेर रू. ५४८ पुगेको छ ।गत वर्ष रू. १६ दशमलव ८५ रहेको प्रतिशेयर आम्दानी यस वर्ष रू. १८ दशमलव ६१ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव ४६ रहेको छ ।
कम्पनीले विद्युत् विक्रीबाट यस वर्ष रू. १२ करोड २ लाख ९५ हजार आम्दानी गरेको छ । यस वर्ष खुद नाफा बढेसँगै कम्पनीको जगेडा कोष रकम रू. १२ करोड २७ लाख ५८ हजार कायम भएको छ ।
रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको थियो ।
कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई छुट्टाइएको थियो।
कम्पनीले सार्बजनिक गरेको रिपोर्ट :

















