बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले प्र आईपीओ बेच्ने प्रक्रिया अघि बढाएपनि यो वर्ष शेयर निष्कासन गर्न नपाउने भएको छ ।
सर्वोत्तम पब्लिक कम्पनी भएको एक वर्ष पूरा भए पनि कम्पनीको व्यालेन्स सिट प्रकाशित भएको एक वर्ष पुग्न २८ दिन नपुगे पछि यो वर्ष रोक्नु परेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । अब साउन भदौसम्म कुनै पनि कम्पनीको बुक बिल्डिङबाट शेयर आउने सम्भावना नरहेको उनले बताए ।
२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर बिक्रि गर्ने प्रक्रिया सुरु गरेको थियो ।
कम्पनीको खानी पाल्पामा रहेको छ भने नवलपरासीमा उद्योग रहेको छ । यस उद्योगको वार्षिक दैनिक उत्पादन क्षमता ६० हजार बोरा रहेको छ ।सर्वोत्तम सिमेन्टले सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्ट र सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्ट उत्पादन गरिरहेको छ । युरोपियन भि. आर. एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट नेपाल कै एकमात्र पहिलो ४५०० ब्लेन सम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्दै आएको छ ।
आफ्नो सिमेन्ट उत्पादन अझै बृहत् भएपछि सिमेन्ट उपभोक्तामाझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच अझै सरल तथा सुलभ बन्ने कम्पनीको विश्वास छ । सर्वोत्तम सिमेन्ट देशका महत्त्वपूर्ण आधारस्तम्भहरु अनि ठूला परियोजना तथा गौरवशाली आयोजनालगायत पुल, बाँध, हाइड्रोपावर, धावनमार्गदेखि हाउजिङ कम्पनीको समेत पहिलो रोजाइमा पर्दै आएको कम्पनीले जनाएको छ ।
















