आज देखि मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानीय बासीको लागि साधारण शेयर आइपियो निस्कासन गरेको छ।
निषेधाज्ञा भएको कारण लगानीकर्ताहरुलाई बैंकमा गएर आवेदन दिन निकै झन्झट भाहिरहेको बेला कम्पनीले ईसेवाबाटनै आईपिओमा आवेदन दिन सक्ने ब्यबस्था गरेको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सिन्धुपाल्चोक मै स्थायी बसोबास गरिरहेका र डिम्याट खाता हुनेहरुले ईसेवाबाट नै आवेदन दिन सक्ने छन् ।
आइपियोमा आवेदन दिनको लागि आफ्नो वा कसैको ईसेवाबाट फारम भर्ना सकिने छ। आवेदन दिनको लागि सर्बप्रथम ईसेवा खोलि इसेवामा रहेको MBJCL – IPO (Local People) अप्सन छान्नु पर्ने छ । तपाइँ सिन्धुपाल्चोक वासी भएको अप्सन छानी आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता रुजु गर्नु पर्ने हुन्छ। सबै विवरण हाले पछि एकपटक पुन चेक गर्नुहोला।
सबै विवरण रुजु गरेपछि ईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नु पर्ने हुन्छ र जे मा आउने हो त्यसको विवरण हाल्नु पर्छ ।आवेदन दिदा कम्तिमा ५० कित्ताको लागि दिनुपर्ने हुन्छ।
त्यसपछि प्रोसिड क्लिक गरि आवेदन दिन सकिन्छ। आवेदन दिइसके पछि तपाइलाइ एउटा भौचर प्राप्त हुने छ र त्यो भौचर मेल मार्फत ग्लोबल आईएमई क्यापिटललाई पठाउनु पर्ने छ ।
कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले आवे्दन गर्न पाउनेछन्।
निष्काशन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ २० गते हुनेछ। आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन्। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतामा ४०० कित्ताका लागि आवेदन दिनुपर्नेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
पहिलो चरणमा आयोजना प्रभावितलाई शेयर वितरण गरेपछि चाँडै नै देशभरको लागि ४२ लाख कित्ता अर्थात ४२ करोड बराबरको शेयर वितरण गरिने कम्पनीले जनाएको छ ।











