×
आजदेखि खुल्यो नेष्डो समृद्ध लघुवित्तको आईपीओ , कति कित्ता आवेदन दिदा ठिक होला ? जान्नुहोस



नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आज देखि आईपीओ निष्कासन तथा विक्री खुल्लागरेको छ ।

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको को कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।

सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन १५  गते नै यो आईपीओ बन्द हुने देखिन्छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। माग भन्दा बढी आवेदन पर्ने हुदा १० कित्ता आवेदन दिदा नै ठिक हुनेछ।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

 

आवदेन दिने तरिका : 

सर्ब प्रथम अनलाइनबाट आइपियो भर्न तपाइले बैकबाट मेरो शेयर युजरनेम र पासवर्ड लिनु पर्ने हुन्छ भने CRN नम्बर पनि लिनु पर्ने हुन्छ।

आइपियो भर्न तपाइले मेरो शेयर एप साथै वेव पनि प्रयोग गर्न सक्नु हुने छ। वेब बाट आइपियो भर्न तपाइले आफ्नो क्रोम ब्राउजरम meroshare.cdsc.com.np इन्टर गर्नु पर्ने हुन्छ भने एप बाट  भर्न एप् ओपन गर्नु पर्ने हुन्छ । त्यसपछी तपाईले आफुले (DEMAT )दिम्याट  बनाएको बैंक को नाम सेलेक्ट गर्नुहोस् ।

login page meroshare आजदेखि खुल्यो नेष्डो समृद्ध लघुवित्तको आईपीओ , कति कित्ता आवेदन दिदा ठिक होला ? जान्नुहोस

बैंकले दिएको युसर नेम र पासवर्ड हालेर लग इनमा क्लिक गर्नुहोस। तपाइले पहिलो चोटि मेरोशेयर खोल्दै हुनु हुन्छ भने चार अंकको पिन पनि बनाउनु पर्ने हुन्छ जुन पछी आइपियो भर्न प्रयोग हुने गर्छ। त्यसपछि मेरो शेयरको dashboard ओपन हुने छ। dashboard ओपन भएपछि  माइ अस्बा ( my asba ) मा क्लिक गर्नुहोला।meroshare dashboard after login आजदेखि खुल्यो नेष्डो समृद्ध लघुवित्तको आईपीओ , कति कित्ता आवेदन दिदा ठिक होला ? जान्नुहोस

 

Current issueमा अहिले बिक्रि भइ रहेको शेयरको बारेमा देख्न सक्नु हुने छ। त्यसपछि तपाइले apply for issue मा क्लिक गर्नुहोस।

curremt issue in m eroshare आजदेखि खुल्यो नेष्डो समृद्ध लघुवित्तको आईपीओ , कति कित्ता आवेदन दिदा ठिक होला ? जान्नुहोस

त्यहा आफुले खरिद गर्न चाहेको कम्पनि रोजेर apply मा क्लिक गर्नुहोस। क्लिक गरिपछि तपाइले आफ्नो बैंक सेलेक्ट गर्नुहोस र applied kittaa मा आफुले खरिद गर्न चाहेको कित्ता हाल्नुहोस।

bank details apply 1 आजदेखि खुल्यो नेष्डो समृद्ध लघुवित्तको आईपीओ , कति कित्ता आवेदन दिदा ठिक होला ? जान्नुहोस

आफ्नो बैंकले दिएको crn नम्बर हालेर तल टिक गरि proceed मा क्लिक गर्नुहोस। त्यसपछि आफुले सुरुमा बनाएको ४ अंकको पिन हान्नुहोस।

4 digit pin आजदेखि खुल्यो नेष्डो समृद्ध लघुवित्तको आईपीओ , कति कित्ता आवेदन दिदा ठिक होला ? जान्नुहोस

अनि तपाइको शेयर को आवेदन पुरा हुने छ। तपाईलाइ शेयर परेपछि परे वापतको पैसा काटिने छ भने नपरेको पैसा तपाईको खातामै रहने छ। तपाईले आवेदन दिएपछि Application Report मा गएर आवेदन पुरा भए नभएको हेर्न सक्नु हुन्छ।  साथै पहिला भरेको आईपियोको विवरण पनि त्यहि बाट हेर्न सक्नुहुने छ।

application report after apply in meroshare आजदेखि खुल्यो नेष्डो समृद्ध लघुवित्तको आईपीओ , कति कित्ता आवेदन दिदा ठिक होला ? जान्नुहोस

याद राख्नुहोस तपाइले आवेदन दिदा आवेदन दिएको बराबरको पैसा तपाइको बैंक खातामा हुनु पर्ने छ। यदि तपाइको दुइ वटा दिम्याट खाता छ भने एउटा बाट मात्र आवेदन दिनु होला नत्र तपाइको आवेदन रद्ध हुने छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस