साताको पहिलो दिन सेयर बजार राताम्मै भएको छ ।
नेप्से परिसूचक ४०.५७ अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ ।
बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ । खरिदबिक्री रकम पनि औसतमा रहेको छ । ५ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ५४ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र अपि पावर परेका छन् ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै लाईफ इन्स्योरेनस समूह घटेको छ ।
आज नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य आज ८.०८ प्रतिशतले बढेर ५ सय ७५ रूपैयाँ पुगेको छ । दिनै भरिमा २२८ कम्पनीको शेयर किनबेच भएकोमा १३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको शेयर मूल्य घटेको छ ।












