साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३२ दशमलव ९६ अंकले बढेको छ ।
पछिल्लो दुई कारोबार दिनदेखि करेक्सनमा रहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो। यस दिन सूचक ३२.९६ अंकले बढेर २९३१.२६ विन्दुमा आइपुगेको छ । यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर ७५ हजार ५८२ पटकमा रू. ६ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ मा खरीदविक्री भएको छ ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०९ अंक, फ्लोट इण्डेक्स २.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ। यस दिन २२९ कम्पनीको ७५ हजार ५८२ पटकको कारोबारमा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुनलामा १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । यसअघि बुधबार सूचक २८९८.३१ विन्दुमा रोकिएको थियो ।
यस दिन खरिदबिक्री रकममा २२ करोड २० लाख रुपैयाँभन्दा बढीसहित आइएमई जनरल इन्सुरेन्स अग्रस्थानमा रहेको छ ।कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपालधितोपत्र बोर्डबाट स्वीकृती पाएसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।
यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः अपि पावर र शिखर इन्सुरेन्स परेका छन् । २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । बिहीबार १३ उपसमूहको परिसूचकमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ।
कारोबार भएका मध्य १६० कम्पनीहरूको शेयर मूल्य बढेको छ भने २५ कम्पनीहरूको शेयर मूल्य घट्दा बाँकी कम्पनीहरूको शेयर मूल्य यथावत रहेको छ ।











