×
२९०० विन्दु मुनि नेप्से, यी कम्पनीका लगानीकर्ता भने मालामाल



साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३८ दशमलव ३५ अंकले घटेको छ ।

नेप्से परिसूचक २ हजार ८९८ दशमलव ३१ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ८४ हजार २३३ पटकमा रू. ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ दशमलव शून्य ३ खरीदविक्री भएको छ ।

अघिल्लो कारोबार दिन मंगलवार भने ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो दिन कारोबारमा आएका ती धितोपत्र मध्ये दुई ओटा धितोपत्रको मूल्य उच्च दरमा वृद्धि भएको छ । यो दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत र सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतका दरले वृद्धि भएको छ ।

बुद्धभुमि नेपालको शेयरमूल्य प्रतिकित्ता रू.२८७ दशमलव ८० र सामलिङ पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.७१४ पुगेको छ । उता यो दिन सबैभन्दा बढी घलेम्दी हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् ।कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ४ दशमलव ३४ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३५३ मा झरेको छ ।

त्यसैगरी कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यो दिन ४ दशमलव २३ प्रतिशत घटेर रू.१ हजार ३११ दशमलव १० कायम भएको छ । बुधवार सर्वाधिक शेयर खरीदविक्री भने अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. २० करोड ३२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५४४ कायम भएको छ ।

कम्पनीको मंगलवार पनि सर्वाधिक शेयर खरीदविक्री भएको थियो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको रू.२० करोड ७ लाख ३९ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

बुधवार पनि नेप्सेमा करेक्सन आएको छ । लगातार केहि दिनदेखि बढेको बजारमा कारोबारीहरुले नाफा बुक गरेकाले करेक्सन आएको हो ।छोटो समयममा नै नेप्से परिसूचक लगभग ७०० अंकले बढेको छ । सोही कारण पनि बजारमा करेक्सन आएको हो । यस अवधिमा अल्पकालिन लगानीकर्ता तथा कारोबारीहरुले राम्रै प्रतिफल प्राप्त गरेका छन् ।

लगातारजसो बढेको बजारमा करेक्सन आउनुलाई बजार विश्लेषकहरुले सामान्य भएको बताएका छन् । करेक्सनपछि बजार थप सबल र स्वस्थ हुने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस