×
नेप्से परिसूचक २९०० विन्दुमाथि, ३ अर्बभन्दा बढीको शेयर खरीदविक्री



साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक २ हजार ९०० विन्दुमाथि पुगेको छ ।

बजार खुलेको एक घण्टा १० मिनेटको अवधिमा नेप्से परिसूचक ७० दशमलव ६० अंक बढेर २ हजार ९२८ दशलमव ३४ विन्दुमा पुगेको हो । उक्त अवधिसम्ममा २१२ ओटा धितोपत्रको ६० लाख ६४ हजार  ५२० कित्ता शेयर रू. ३ अर्ब ३३ करोड ६६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

 

कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ ।  ३ हजार २०० अंकमा पुगेर घट्ने क्रममा लागेको शेयर बजार पछिल्लो केही सातादेखि भने बढ्दै आएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजी बढ्दै जानु, ब्याजदर नबढ्नु जस्ता कारणले बजारमा लगानी बढेको देखिन्छ । साथै कोरोना जोखिम बढ्दै जाँदा निरन्तर घटेको बजार पुनः उकालो लाग्ने अपेक्षाका साथ यो क्षेत्रमा लगानी गर्नेहरुको संख्या बढ्न थालेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस