×
Lagani
Lagani Shiksha gif
एशियन हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै



एशियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि पुस ११ गते निवेदन दिएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

Lagani Shiksha gif
sharehubapk एशियन हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट आईपीओ निष्कासन गर्न स्वीकृति पाएपछि पहिलो चरणमा स्थानीय बासिन्दालाई निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सुपरमाई हाइड्रोपावरको रेटिङ अपग्रेड : इक्रा नपालले सुपरमाई हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासन कर्ता इक्राएनपी आईर त्रिपल बी माइनस रेटिङ अपग्रेड गरेको छ ।

यस्तो रेटिङले समयमा दायित्य पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको देखाउँछ । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको इक्रा नेपालले जानकारी गराएको छ ।

कम्पनीले १० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ भने त्यसपछि मात्र दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस