


सेयर बजारमा मंगलबार ६३ अंकले सुधार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचक ६३ दशमलव १ अंकले वृद्धि भई दुई हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । यसदिन दुई सय ३४ कम्पनीका ९१ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचकहरू पनि सकारात्मक भएका छन् । यसदिन उत्पादन र अन्य समूह बाहेकका समूहगत परिसूचक वृद्धि भएका छन् । सबैभन्दा बढी विकास बैंक समूह ५ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । मंगलबार एक सय ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको स्थिर रहेको छ ।
मंगलबार तीन कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक, अपि पावर, हिमालयन डिष्टिलरी र अपर तामाकोशीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
त्यसैगरी, यस दिन नेपाल एसबिआई बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने ग्लोबल आइएमई बैंक, किसान लघुवित्त, मल्टीपर्पस फाइनान्स, फस्ट माइक्रोफाइनान्स र सिटिजन्स बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन कुनै पनि कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छैन।
उत्पादनमूलक र अन्य बाहेक बाँकी सबै समूहका सूचकमा वृद्धि भएको छ । यस दिन विकास बैंक, वाणिज्य बैंक, फाइनान्स लगायतका समूहमा विशेष तेजी आएको छ । १४ करोड ७७ लाख रुपैयाँसहित खरिदबिक्री रकममा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ ।