SKBBL 934 -3 CGH 909 -5 SGHC 393.6 0.1 MEL 292 2 KSBBL 448 -3 KPCL 493 -0.8 SJLIC 477 -7.5 BNT 14350 -50 GIBF1 9.69 0.1 NICBF 9.3 -0.08 SMFBS 1505.2 6.2 NICGF 10.56 -0.28 EBLD85 1105 5 MBLD2085 1085 6.5 BPCL 449 -7 BGWT 934.9 -21.1 CLI 634 -4.9 NIFRA 280 -5 SAHAS 505 28 MHNL 265.5 -0.5 SARBTM 765 -5 JBBL 351 -3.1 PCBL 292 -2 NFS 1350 -43 SMATA 875 -16 NICA 452 -13 NLIC 814 -13.4 NIL 912 8 SFMF 10.2 -0.2 HLI 472 -4 SFEF 9.29 0.22 AKJCL 209 -3 RLFL 625 6.9 LBBL 475 -4.8 H8020 10.2 -0.05 PRSF 9.54 -0.11 CFCL 647 27.1 UHEWA 476 -11 GLBSL 1600.4 -29.6 PMLI 562 1
×
नेपालका राजाहरू विदेशीसामु झुकेनन् : राजेन्द्र लिङ्देन



राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीकोसामु झुक्नुभन्दा नेपाली जनताको चाहना अनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन् ।

राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसरमा बुधबार राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको ‘स्व. श्री ५ वीरेन्द्र ः एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रनिर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

उनले प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रूपमा आफ्नो जीवन समर्पण गरेको उल्लेख गरेका छन् ।

सिक्किमले देशको पहिचान गुमाउँदै गर्दा राजा वीरेन्द्रले नेपाली राष्ट्रियताको जग बलियो बनाउन ऐतिहासिक भूमिका निर्वाह गरेको प्रसङ्ग उल्लेख गर्दै लिङ्देनले नेपालका राजा र राजसंस्थाले पटकपटक देशभक्ति प्रमाणित गरेको बताएका छन् । नेपाली कांग्रेसका नेता एवं नेविसंघका संस्थापक सभापति विपीन कोइरालाले नेपालो संविधानले सबैलाई समेट्न नसकेको बताउँदै संविधान बनाउने मतियारहरू नेतृत्व तहबाट पाखा नलागेसम्म देश बन्न नसक्ने खरो टिप्पणी गरेका छन् ।

राप्रपाले महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर राष्ट्रियता, प्रजातन्त्र र धर्म संस्कृतिको रक्षाको आशा राख्ने र परिवर्तनको चाहना राख्ने जनताको ठूलो पंक्तिलाई आशा जगाएको उनको भनाइ छ ।

कोइरालाले दलीय सदस्यबाट गणतन्त्रको राष्ट्रपति चयन हुने व्यवस्था नेपालका लागि उपयुक्त नभएको बताएका  कोइरालाले नेपालमा संघीयताको खारेजी, राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना नभएसम्म देशमा स्थिरता कायम हुन नसक्ने र कालान्तरमा नेपाल सुरक्षित पनि नरहने ठोकुवा गरेका छन् ।

पूर्व जलस्रोत मन्त्री दिपक ज्ञवालीले राजा वीरेन्द्र राष्ट्र हित र जनताको अपेक्षालाई सर्वोपरि ठान्ने राजा भएको तर राजा भन्नासाथ सामन्त हुने गलत भाष्यको विकास गरेर राजसंस्थालाई बदनाम गरिएको बताएका छन् ।  ज्ञवालीले राजाहरूबाट जलस्रोतको क्षेत्रमा राष्ट्रघात नभएको तर जनताबाट निर्वाचित दल र नेताहरूबाट जलश्रोतमा गम्भीर त्रुटि भएको र त्यसले देशलाई दीर्घकालसम्म असर पार्ने उल्लेख गरेका छन् ।

नेपाल भारत सम्बन्धको विषयमा चर्चा गर्दै ज्ञवालीले नेपालले विकासको नजरबाट हेर्ने तर भारतले सुरक्षाको नजरबाट नेपाललाइ हेर्ने गरेको हुँदा यदाकदा समस्या पैदा हुने गरेको बताएका छन् । पूर्व सचिव द्वारिकानाथ ढुंगेलले राजा वीरेन्द्र जनचाहना अनुरुप चल्ने प्रजातान्त्रिक राजा भएको बताएका छन् । उनले विकास क्षेत्रको अवधारणाले क्षेत्रीय विकासमा योगदान दिने राजा वीरेन्द्रको प्रयास उल्लेखनीय रहेको बताएका छन् ।

कुनै पनि ठाउँमा नातावाद, कृपावाद र दलीय स्वार्थका आधारमा पात्र छनौट गर्ने र प्राथमिकता दिने अहिले खराब प्रचलन बढिरहेको अवस्थामा त्यसबेला पढेलेखेका योग्य व्यक्तिको पहिचान गरि जिम्मेवारी प्रदान गर्ने राजा वीरेन्द्रको अभाव खट्किरहने पनि ढुंगेलले बताएका छन् ।

नेपाल प्राज्ञिक परिषद्का अध्यक्ष जयन्तनाथ खनालले इतिहासका राम्रा पक्ष र राम्रा पात्रको योगदानको चर्चा गर्ने परम्पराको अन्त्य भएको गुनासो गर्दै राजा वीरेन्द्रको योगदानबारे विद्यालय र कलेजका पाठ्यक्रममा समावेश गर्न माग गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस