मंगलबार नेप्से सूचक ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेको छ ।
सोमबारको तुलनामा नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ ।
सबै समूहका सूचक शून्य दशमलव ८४ प्रतिशतदेखि तीन दशमलव ८८ प्रतिशतको हाराहारीमा बढेका छन् । नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ। ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता ५७१ रुपैयाँ र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ १० पैसा पुगेको छ ।

गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.८९ प्रतिशतले घटेको छ भने तेह्रथुम पावरको ३.२६ प्रतिशत, मैलुङ खोला जलविद्युतको १.९९ प्रतिशत र सामलिङ्ग पावरको ०.४२ प्रतिशतले घटेको छ। आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा अन्य, हाइड्रोपावर र विकास बैंक उपसमूहको सूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ भने बैंकिङ्ग उपसमूहको सूचक पनि २ प्रतिशतले बढेको छ।











