×
Lagani
Lagani Shiksha gif
२२ अंकले बढ्यो नेप्से, पौने सात अर्बको कारोबार



काठमाडौं, २ असोज । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ५.३२ अंक, फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

Lagani Shiksha gif
sharehubapk २२ अंकले बढ्यो नेप्से, पौने सात अर्बको कारोबार

१३ मध्ये ११ उपसमूहको परिसूचक बढेको छ । बैंकिङ उपसमूहको परिसूचक १.५९ प्रतिशत बढेको छ। जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। 

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। बिहीबार पाँच अर्ब ४९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । शुक्रबार ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको दुई करोड १२ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज कुमारी बैंकको ३२ करोड १३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको २७ करोड र ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

आज स्नो रिभर्स लिमिटेडको सेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १० प्रतिशत र मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस