×
Lagani
Lagani Shiksha gif
१२ अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार



काठमाडौं, १ असोज । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । बुधबार २१ अंकले घटेको नेप्से आज करिब १२ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९३ अंक बढेर २६२४.३६ विन्दुमा पुगेको छ। 

Lagani Shiksha gif
sharehubapk १२ अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार

आज सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक बढेको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। 

१३ मध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढेको छ। कारोबारमा आएको लगानी र अन्य उपसमूहको परिसूचक भने सामान्य अंक घटेको छ।

बुधबार पाँच अर्ब ३८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३९ स्टकको ५१ हजार ७२८ पटकको कारोबारमा पाँच अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

सिद्धार्थ बैंकको ३३ करोड ६२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन्। 

शिवम् सिमेन्ट्सको कारोबार रकम २७ करोड रुपैयाँ नाघेको छ भने सोलु हाइड्रोपावरको करिब २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १२.४३ प्रतिशत बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब साढे ६ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस