प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ हजार रुपैयाँ सहयोग गर्ने एक व्यक्तिलाई १ लाख रुपैयाँको चिट्ठा परेको छ।
सरकारले विपद्का समयमा राहत तथा उद्धारका लागि स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रममा जारी गरिएको कुपनबाट १ लाख रुपैयाँको पुरस्कार परेको हो।
सार्वजनिक गरिएको आधिकारिक विवरणअनुसार उक्त कुपनमा रु. १,००० सहयोग गरेको देखिन्छ। सोही कुपन नम्बर पुरस्कारका लागि छनोट भएपछि सहयोग गर्ने व्यक्तिले १ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्। यसरी विपद् प्रभावितका लागि सहयोगस्वरूप गरिएको १ हजार रुपैयाँको योगदानसँगै सम्बन्धित व्यक्तिको भाग्यमा १ लाख रुपैयाँको पुरस्कार परेको हो। सरकारले सार्वजनिक गरेको कुपन विवरणमा पुरस्कार रकम रु. १,००,००० उल्लेख गरिएको छ।

आन्तरिक राजस्व विभागको आधिकारिक कार्यक्रम सामान्यतः वस्तु वा सेवा खरिद गर्दा प्राप्त हुने बिल बीजकलाई आधार बनाएर कुपनमा सहभागी गराउने व्यवस्था हो। तर सार्वजनिक गरिएको नतिजामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको रु. १,००० को सहयोगसम्बन्धी कुपनसमेत देखिएपछि यस्तो सहयोग कुन व्यवस्था वा आधारमा पुरस्कार कार्यक्रममा योग्य भयो भन्ने विषय चासोको विषय बनेको छ।
आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाका लागि कुल ३३ जना विजेता छनोट भएका छन्। त्यसमध्ये ३१ जना नियमित विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने २ जना बम्पर विजेताले जनही १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। भदौ १ देखि १५ गतेसम्मको कारोबारका आधारमा १५ जना नियमित विजेता र एक जना बम्पर विजेता छनोट गरिएको छ। त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्मको कारोबारका आधारमा थप १६ जना नियमित विजेता र एक जना बम्पर विजेता छनोट गरिएको हो।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
यसरी भदौ महिनामा ३१ जना नियमित विजेता र २ जना बम्पर विजेतासहित कुल ३३ जना विजेता घोषणा भएका छन्। आफ्नो कुपन नम्बरका आधारमा नतिजा जाँच गर्न IRD Prize Result Checking बाट पनि सजिलै नतिजा हेर्न सकिनेछ। नतिजा जाँच गर्न आफ्नो मोबाइल बैंकिङ वा डिजिटल वालेटमा गई सम्बन्धित IRD तथा कुपन विवरण हेर्नुहोस्। त्यहाँ प्राप्त कुपन नम्बर कपी गरी IRD Prize Result Checking मा आफ्नो कुपन नम्बर राखेर नतिजा जाँच गर्न सकिन्छ।















