×
Lagani
Lagani Shiksha gif
त्रिशूली–३ ‘ए’ को सुरुङबाट एक जनाको जीवितै उद्धार



भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ ।

खोजी तथा उद्धारमा खटिएको टोलीले सुरुङभित्रबाट एक जनालाई जीवित अवस्थामा बाहिर निकाल्न सफल भएको हो । उद्धार कार्यमा संलग्न एक इन्जिनियरका अनुसार सुरुङभित्र फसेका व्यक्तिमध्ये एक जनाको जीवितै उद्धार गरिएको हो । शुक्रबार बिहान सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि नेपाली सेना, इन्जिनियर तथा उद्धार टोलीले खोजी तथा उद्धारलाई तीव्र बनाएको थियो ।

Lagani Shiksha gif
sharehubapk त्रिशूली–३ ‘ए’ को सुरुङबाट एक जनाको जीवितै उद्धार

सुरुङभित्र मानिस जीवित रहेको संकेत पाएपछि टोलीले प्राविधिक तयारीसहित उद्धार अभियान अघि बढाएको थियो । त्यसक्रममा एक जनालाई जीवितै बाहिर निकाल्न सफलता मिलेको हो । उद्धार कार्यमा संलग्न इन्जिनियर श्रीराम न्यौपानेले बिहानै सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको जानकारी दिएका थिए । नेपाली सेनालाई उद्धृत गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

बाढीपछि सुरुङभित्र फसेका अन्य व्यक्तिको अवस्थाबारे भने खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस