×
Lagani
Lagani Shiksha gif
निर्वाचनमा हारेपछि दलितलाई कुटेको भिडियो भाइरल ( भिडियो सहित )



भारतमा पंचायतको निर्वाचनमा पराजित भएपछि एक स्थानीय नेताले दुई जना दलितलाई निर्घातपूर्ण रुपमा कुटेका छन् ।

दतिलकै कारण आफू पराजित भएको भन्दै पन्चायतको प्रमुखका उम्मेदवार बलवान्त सिंहले दलितलाई निर्धात कुटेका हुन् । दलितहरुले आफूलाई मतदान नगरेको उनले आरोप लगाएका छन् । दुबै जना दलितहरुले मदिरा सेवन गरेर मतदानस्थलमा मतदाता भड्काएको उनले आरोप लगाएका छन् ।

सिंहले दलितलाई कुटेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । भाइरल भिडियोमा सिंहले दुई जना कथित दलित समुदायका व्यक्तिकाे गर्धन समाएर सडकमा लक्षारपछार गरेको देखिन्छन् ।

घटनापछि सिंहलाई प्रहरीले पक्राउ गरेको छ । दलितलाई उनले दुर्व्यवहार गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस