×
Lagani
Lagani Shiksha gif
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ झिक्दै



नेपाल राष्ट्र बैंकले बजारमा अधिक रहेको तरलता (ऋण दिन मिल्ने रकम) व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत बजारबाट झिक्ने भएको छ। २१ दिनका लागि गरिने यस संकलन प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले अनलाइन बोलकबोलमार्फत सहभागी हुन सक्नेछन्।

यसअघि विगत तीन वर्षदेखि राष्ट्र बैंकले नियमित रूपमा सातामा दुई पटक, आइतबार र बुधबार, बजारबाट तरलता संकलन गर्दै आएको थियो। सोही निरन्तरतामा आज पनि यो प्रक्रिया अघि बढेको हो।

Lagani Shiksha gif
sharehubapk तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ झिक्दै

निक्षेप संकलन उपकरणमा रकम राख्न इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमा भाग लिन सक्नेछन्। बोलकबोल न्यूनतम १० करोड रुपैयाँको गुणनखण्डमा गर्नुपर्नेछ। यसरी प्राप्त गरिएका निक्षेप संकलन उपकरणहरू धितोका रूपमा समेत प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

बोलकबोल ब्याजदरमा आधारित हुनेछ र बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्ने व्यवस्था मिलाइएको छ। यसबाट बजारमा तरलताको सन्तुलन कायम राख्न र वित्तीय स्थायित्व प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस