×
Lagani
Lagani Shiksha gif
शिशिर खनाल बन्नेछन् नयाँ परराष्ट्र मन्त्री



काठमाडौँ–६ बाट जनताको प्रत्यक्ष अभिमत प्राप्त गरी निर्वाचित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य शिशिर खनाललाई पार्टीले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुम्पेको छ। पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखको भूमिकामा समेत रहनुभएका खनाललाई परराष्ट्र मन्त्रीका रूपमा सरकारमा सहभागी गराउने पार्टीको निर्णय अन्तिम चरणमा पुगेको छ।

यसअघि सरकारको नेतृत्व गरिरहेको अवस्थामा खनालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँको आजै पद तथा गोपनीयताको शपथग्रहण हुने कार्यक्रम रहेको छ।

Lagani Shiksha gif
sharehubapk शिशिर खनाल बन्नेछन् नयाँ परराष्ट्र मन्त्री

पार्टीभित्रको आन्तरिक छलफल र राष्ट्रिय राजनीतिको परिवर्तित परिस्थितिलाई मध्यनजर गर्दै खनाललाई यस पटक परराष्ट्र मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिइएको बुझिएको छ। उहाँको कार्यकुशलता र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा लिन सक्ने भूमिकाका बारेमा पार्टी आशावादी रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस