BGWT 934.9 -21.1 NMBMF 695 -10 RADHI 397.9 7.9 CORBL 958.8 -10.2 MANDU 885 -14 SRBLD83 1065 -10 UMHL 308 -4 SMFBS 1505.2 6.2 RIDI 235 0 KBLD86 1115 0 SALICO 747 -9.1 SHL 512 -4.5 SPHL 666.9 16.9 CYCL 1540 -7 TSHL 909 -11 RBCLPO 12300 88 NBL 292.2 1.2 MATRI 1405 -8 PMHPL 260 -4 TRH 1118 -5 DDBL 916.2 3.1 NICGF 10.56 -0.28 BHL 440 -13 AKPL 248.5 -2.5 EBL 605 5 RURU 740 -9.8 HEI 648 -10 SMHL 613.1 -4 EHPL 840 7.9 SPDL 310 5 NIBLGF 9.1 0.38 MKHL 493 -6 MSHL 938 3 API 289.5 2.5 MLBS 1532.3 -86.7 KPCL 493 -0.8 NICSF 9.5 0.25 JFL 655 6 MLBBL 1635 15 USHL 783.2 -13.7
×
रिडी पावर कम्पनीको हकप्रद सेयर निष्कासन मिति सार्बजनिक।



काठमाडौ, १३ फागुन ।  रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

जसअनुसार कम्पनीले १०० अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ । उक्त हकप्रद सेयरका लागि माघ २२ गते रिडीले बुक क्लोज गरिसकेको छ तसर्थ माघ २१ गतेसम्म कायम रहेका लगानीकर्ताहरुले मात्र यस हकप्रद सेयरमा दाबी गर्न पाउनेछ ।

यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ ।

हकप्रद निष्कासनपछि पुँजी थप वृद्धि हुनेछ ।यसमा लगानीकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् भने यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिन्छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालदयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि सेयर भर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस