शेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

बुधबारको तुलनामा नेप्से परिसूचक ३.२२ अंकले घटेर २७३१.७८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७८ करोडमाथिको कारोबार भएको छ ।

कारोबारमा आएका २३३ ओटा धितोपत्र मध्ये सबैभन्दा बढी समृद्धि फाइनान्सको धितोपत्रको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव २७ प्रतिशतले वृद्धि भएको छ ।  त्यसैगरी, यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ८.१७ प्रतिशत बढेको छ।

बिहीवार सबैभन्दा बढी मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ९३ प्रतिशत घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८६० दशमलव ५० मा झरेको हो ।त्यसैगरी, साना किसान विकास लघुवित्तको शेयरमूल्य ५.०८ प्रतिशत घटेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको करिब ५ प्रतिशत घटेको छ।

सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २६ करोड ५७ लाख १३ हजार ७३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । साथै महालक्ष्मी विकास बैंक, सिभिल बैंक, साना किसान विकास बैंक, नबिल बैंक, चन्द्रागिरी हिल्स, ज्योति विकास बैंक, नेशनल हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनी, लुम्बिनी विकास बैंकको पनि अत्याधिक कारोबार भएको छ ।

कारोबारमा आएका १३ ओटा परिसूचक मध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । बढ्नेमा बैंकिङ समूहको शून्य दशमलव ५४ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ७६ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव ९१ प्रतिशत रहेको छ भने घट्नेमा सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको परिसूचक १ दशमलव ४४ प्रतिशत घटेको छ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
Inline Feedbacks
View all comments
trackback

[…] to Wednesday, the Nepse index has decreased by 3.22 points and reached 2731.78 points. According to the Nepal Stock […]

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।