NMBMF 695 -10 RMF2 9.21 -0.13 ULHC 390 -7.9 KBSH 2386 -9 SHEL 242.9 -4.7 CITY 805 -17 SBCF 9 -0.2 UNLB 2527 -3.9 SPC 520 5 MFLD85 1050 -20 AVYAN 909 -6 KSBBLD87 1093.4 18.4 NLIC 814 -13.4 MND84/85 1030 2 NLICL 606 -4 SHPC 525 -3.9 CBBL 980 1 GRDBL 743 5 NIBD2082 1099 0 SMJC 574 -6 PMHPL 260 -4 NWCL 975 -13.9 CFCL 647 27.1 MEN 631.1 -3.9 HEIP 381.8 20.8 BHDC 583 5.4 ICFC 823.9 74.9 MEHL 380.1 -19.9 NLG 1317 2 PBD88 1102.1 2.1 API 289.5 2.5 NESDO 2229 -18 CORBL 958.8 -10.2 LBBL 475 -4.8 MLBSL 2000 -26 DDBL 916.2 3.1 NICSF 9.5 0.25 CZBIL 242 -10 GHL 218.5 -1.1 GBBLPO 205 0
×
खुल्यो ५० रुपैयाँवाला आईपीओ , कम्तिमा २० कित्ता पर्ने।



हाथवे इन्भेष्टमेन्ट नेपालको आज बिहीबार भदौ २१ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो।  कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये २% अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने असोज ४ गतेसम्म पनि आवेदन खुला रहनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस