NIBD2082 1099 0 SPIL 853 -18 SMPDA 910 -1 NIBSF2 8.9 0.08 WNLB 2650 -80 LLBS 1050 5 SLCF 9.21 -0.1 KBLD86 1115 0 MEHL 380.1 -19.9 SLBBL 958.9 -4.2 ILBS 980 -21.5 CIZBD90 1081 1 HDHPC 208.8 -4.1 ANLB 4453.1 47 MFLD85 1050 -20 NICD88 1032 -21 NYADI 305.4 -6.6 EBLD85 1105 5 SHLB 1886.9 1.9 LBBLD89 1208.5 23.5 NADEP 1030 -55 USHEC 523 -7 SBD87 1048 11.9 SNMAPO 190 0 FOWAD 1479 0 MATRI 1405 -8 HDL 1423.1 49.1 MBL 255 -4 SHPC 525 -3.9 SIGS3 9.45 0.09 KPCL 493 -0.8 LBLD86 1081 -0.2 BGWT 934.9 -21.1 UPPER 214.2 -1.8 MCHL 488.3 -3.7 NIMBPO 176.9 -1.1 SINDU 667 -6 AKJCL 209 -3 NIBD84 1030 -20 SRLI 443.1 -4.9
×
घोराही सिमेन्टको आइपिओ पुनः निष्कासन हुने ,पहिलेको आवेदन फिर्ता लिन पनि मिल्ने ?



घोराही सिमेन्टको आइपिओ पुनः निष्कासन गर्न धितोपत्र बोर्डले अनुमती दिएको छ।

पुन निष्कासन गर्नुभन्दा पहिले हाल कम्पनीमा आवेदन दिएकाहरूले लगानी झिक्न वा थपघट गर्न तीन दिनको समय पाउनेछन् । यस्तो समयपछि कम्पनीले अर्को सात दिनसम्म आइपिओ खुला राख्न सक्ने व्यवस्था धितोपत्र बोर्डले गरिदिएको हो। धितोपत्र बोर्डले  सुचना जारि गर्दै यस्तो जानकारी दिएको हो।

सुचना यसप्रकार रहेको छ। 

हिमालयन क्यापिटल लि. र नबिल इन्भेष्टमेन्ट बैंकिंग लि.को संयुक्त निष्काशन तथा बिक्री प्रबन्धकत्वमा घोराही सिमेन्ट इण्डष्ठी लिमिटेडले सर्वसाधारणको लागि मिति २०८०/०२/३२ देखि २०८०/०३/०४ गतेसम्म धितोपत्रको सार्वजनिक निष्काशन खुला गरेकोमा सर्वसाधारणलगानीकर्ताहरुको हित संरक्षणलाई मध्यनजर गर्दै उक्त सार्वजनिक निष्काशनमा देखिएका केही बिषयहरु उपर जाँचबुझ गर्न उक्त कम्पनीको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया मिति २०८०।०३/०४ को निर्णयानुसार स्थगित गरिएको थियो । घोराही सिमेन्ट इण्डष्टी लिमिटेडको उल्लेखित बिषयहरु उपर अध्ययत गर्न जाँचबुझ समिति गठन भई जाँचबुझ समितिको प्रतिवेदनको आधारमा देहाय बमोजिम निर्णय भएको छ।

१) केही लगानकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहँदै सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रुपमा ठुलो कित्ता शेयर खरिद गर्न आवेदन दिएकोमा उक्त आवेदकहरु निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको संचालक र कर्मचारीहरुसँग कुनै सम्बन्ध नदेखिएको तर उल्लेखित आवेदककरुले सर्वसाधारणहरुलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकोले जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानविनको लागि सिफारिस गर्ने,

२) निष्काशन तथा बिक्री प्रबन्धकले माग भन्दा बढी कित्ता शेयर खरिदको लागि आवेदन परेको अवस्थामा समैत समयावधि थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत थप छानविन गर्ने,

३) आस्वा सदस्य एनआइसी एशिया बैंक लिमिटेडले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो सो सम्बन्धमा थप छानविन गरी आवश्यक कारवाही अगाडी बढाउने,

४) सार्वजनिक निष्काशनमा निवेदन दिने आवेदक (लगानीकर्ता), आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र निष्काशन तथा बिक्री प्रबन्धकको कामकारवाही शेयर निष्काशनकर्ता कम्पनीको कामकारवाही भन्दा भिन्न रहेको र आवेदक लगानीकर्ताहरुको निष्काशनकर्ता कम्पनीसँग प्रत्यक्ष संलग्तता भएको नदेखिएको अवस्थामा कम्पनीको सार्वजनिक निष्काशन स्थगित भएको कारणबाट आवेदन गरेका सर्वसाधारणहरुको करिब २ अर्ब ६१ करोड रकम होल्ड भएको तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गरेको शेयर बाँडफाँड भई २९ करोड ४६ लाख ७८ हजार दुई सय पचास रुपैंया कम्पनीको खातामा रकमान्तर भैसेकेको र आ.ब. २०७९।८० समेत समाप्त हुन लागेको क्रालाई मध्यनजर गरी बुँदा नं. १, २ र ३ मा उल्लेखित बिषयमा छानविन कार्य अगाडी बढाउने गरी हाललाई देहाय बमोजिम स्थगन भएको निष्काशन खुला गर्ने ।

क) घोराही सिमेन्ट इण्डष्ठी लिमिटेडको सार्वजनिक निष्काशनका लागि सि आस्वा प्रणालीमा दर्ता भएका आवेदनहरुको हकमा आवेदन गरेको शेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता /खारेज गर्न सक्ने व्यवस्था गर्ने,

ख) आवेदन फिर्ता वा थपघट गर्न निष्काशन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने,

ग) धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १० को उपनियम (२) मा उपनियम (१) बमोजिमको अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा संगठित संस्थाले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा पन्ध दितका लागि धितोपत्रको दरखास्त खुला राख्न सक्नेछ भन्ने व्यवस्था रहेको हुँदा थप गरिएको तीन दिनको समयावधि भित्र माग गरिएको सम्पूर्ण धितोपत्र बिक्री नभएमा. मिति २०८०/०२ /३२ देखि २०८०/०३ / ०४ सम्म ५ दिन निष्काशन खुला भइसकेको सन्दर्भमा आवेदन संशोधनको लागि थप गरिएको ३ दिनको समय पश्चात बढीमा थप ७ दिन निष्काशन खुला राख्न सकिने व्यवस्था गर्ने, |

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Ratna
Guest
Ratna
July 5, 2023 6:00 pm

General poblic ko Matra abedan thapghat garna Milne ho ra hami baideshik rojgarima
Raheko harule paiesakeko share ko lagi k 6 bebasta amount transfer vaisakekole hamile chaie kehi garna mildaina ki Kya ho ?



ताजा समाचार

लोकप्रिय
सिफारिस