NHDL 570 0 SLBSL 1398.4 21.4 NRIC 803 -5 PSF 9.51 -0.09 NRM 426.1 -4.9 SMATA 875 -16 AHL 651 2 PPL 461 -2.5 KPCL 493 -0.8 VLUCL 588 -1.9 MCHL 488.3 -3.7 SAMAJ 3321.1 1.1 SDBD87 1035 4 NICGF2 8.78 -0.02 RMF1 9.15 -0.1 IHL 499 -1 CITY 805 -17 MND84/85 1030 2 SMB 1809 4 SHINE 473 -1.8 BEDC 470 0 MKJC 467.9 -1 WNLB 2650 -80 PRSF 9.54 -0.11 SCBD 1111 6 SMJC 574 -6 HLI 472 -4 GMFIL 623 1 SAPDBL 569.6 -7.4 SAGF 9.31 0.01 MERO 760 0.5 BNT 14350 -50 CGH 909 -5 DOLTI 538 10 NHPC 220.1 0 HLBSL 1010 -10 KBLD86 1115 0 KEF 9 0.28 MATRI 1405 -8 PRIN 968 4
×
आज खुलेन आईएमई लाइफ इन्स्याेरेन्सकाे प्रिमियम आईपीओ ,अब कहिले खुल्छ ?



आईएमई लाइफ इन्सुरेन्सले बिहीबारदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला गर्ने भएको छ ।

यसअघि कम्पनीले बुधबार (आज)देखि आईपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण जनाउँदै बुधबार एक सूचना जारी गरेको छ । यसआधारमा अब बिहीबारबाट आवेदन खुला हुनेछ ।  कम्पनीले अन्तिम प्रहरमा आएर एकाएक आइपीओ स्थगित भएको बताएको छ । यसबाट सर्वसाधारण लगानीकर्ता भने अलमलमा परेका छन् । आईपीओ सार्नुको स्पष्ट कारण पनि खुलाइएको छैन । प्राविधिक कारणले मात्र आईपीओ भर्ने म्याद सारिएको बताइएको छ ।

यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्री गर्दै छ । यसमध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र ५% अथवा ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा असार २५ गतेसम्म आवेदन दिन  सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८० जेठ २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस