SBL 345 -8.1 CKHL 632 -8 NICD83/84 1062 -19 ANLB 4453.1 47 SHEL 242.9 -4.7 MHNL 265.5 -0.5 UNLB 2527 -3.9 SMFBS 1505.2 6.2 PBLD87 1028 -2 HURJA 220 -4.6 MEN 631.1 -3.9 C30MF 9.74 0 USHEC 523 -7 DHPL 242 1 NTC 980.1 -2.4 NHDL 570 0 RMF1 9.15 -0.1 SPDL 310 5 NIMB 241.9 -9.1 EBLD86 1040 -2 MFIL 768 48 H8020 10.2 -0.05 CGH 909 -5 ALICL 714.5 -1.2 PBD85 1079.9 19.9 GBLBS 738 -10 CMF2 9.21 -0.1 KPCL 493 -0.8 SJLIC 477 -7.5 ICFC 823.9 74.9 NHPC 220.1 0 FOWAD 1479 0 SMJC 574 -6 BHL 440 -13 KKHC 260 -2 OHL 925 -9 BFC 625 9.1 NRIC 803 -5 SHINE 473 -1.8 MMKJL 543.6 9.6
×
भोलि देखि प्रिमियममा आईपीओ जारि गर्दै आईएमई लाइफ इन्स्याेरेन्स।



आईएमई लाइफ इन्स्याेरेन्सले बुधबारदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला गर्ने भएको छ ।

यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अथवा ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले यसमा असार २४ गतेसम्म आवेदन दिन  सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

केयर नेपालले आइएमई लाइफ इन्स्याेरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस