×
Lagani
Lagani Shiksha gif
थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँट मिति सार्बजनिक।



थ्रीस्टार हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई जारी गरेको आइपीओ बाँडफाँट गर्ने भएको छ।

कम्पनीको उक्त आइपीओ असार १९ गते  मंगलबार बिहान ९ः३० बजे बाँडफाँट गर्ने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ।  असार ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारणलाई  निष्कासन गरेको आईपियोमा १० लाख ९२ हजार २८९ जना आवेदकबाट १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ८७ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको थियो। जुन मागभन्दा १९.५५ गुणाले बढी हो।

Lagani Shiksha gif
sharehubapk थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँट मिति सार्बजनिक।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ।  जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १०/१० कित्ताका दरले सेयर पाउनेछन्। कम्पनीले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले कु्ल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणस छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस