RADHI 397.9 7.9 SBLD84 1040 19.3 SAEF 11.22 0.17 CHCL 568.9 -8.1 UMHL 308 -4 MFIL 768 48 NICFC 8.97 -0.33 PROFL 655 7 NIL 912 8 NBBD2085 1100 0 SBL 345 -8.1 SARBTM 765 -5 HIDCLP 183 -2 PMLI 562 1 NADEP 1030 -55 PBD85 1079.9 19.9 TAMOR 482.9 -2.1 SGIC 641.2 -4.8 DDBL 916.2 3.1 SPC 520 5 ICFC 823.9 74.9 HLI 472 -4 MSLB 1564 -70 NICAD8283 1169.8 86.8 NLICL 606 -4 SAMAJ 3321.1 1.1 HDL 1423.1 49.1 NICD83/84 1062 -19 MBLD2085 1085 6.5 JOSHI 305 -6.8 NLG 1317 2 RHPL 364 -5.2 MND84/85 1030 2 NICGF2 8.78 -0.02 EBLD86 1040 -2 RMF1 9.15 -0.1 SFCL 704.1 63.6 SAHAS 505 28 RHGCL 388 0 PRSF 9.54 -0.11
×
माछापुच्छ्रे बैंकको ATM मा अब कार्ड बिनानै पैसा झिक्न सकिने , यस्तो छ तरिका



माछापुच्छ्रे बैंकले एमबिएल ‘कार्डलेस विथड्रल’ सेवा सञ्चालनमा ल्याएको छ ।

यो संगै बैंकको एटीएमबाट पैसा झिक्नका लागि डेबिट कार्ड नचाहिने भएको छ । माछापुच्छ्रे बैकले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले एमबीएल कार्डलेस विथड्रल सेवा बैंकले सञ्चालनमा ल्याएको हो ।

यो सेवामा हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट रकम झिक्दै आएका माछापुच्छ्रे बैंकका ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सन गई बैंकको एटिएमहरुबाट नगद झिक्न सक्नेछन् ।

यसका लागि माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपमा ‘कार्डलेस विथड्रल’ (कार्डबिना नै पैसा झिक्न मिल्ने) अप्सनमा क्लिक गर्नुपर्नेछ ।यसपछि प्राप्त ओटीपी कोड एटीएममा राखेर पैसा झिक्न सकिनेछ । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस