×
बुटवल पावरको खुद नाफा सात करोड ५८ लाख



बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले सात करोड ५८ लाख नाै हजार रुपैयाँ खुद नाफा कमाएको छ ।गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४६ दशमलव १९ प्रतिशतले बढेको हो । गत वर्ष भने यसले पाँच करोड १८ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।

विद्युत् बिक्रीबाट २० करोड ७६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत वर्षको सोही अवधिमा १९ करोड तीन लाख रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ६८ लाख ७७ हजार रुपैयाँबाट बढेर दुई करोड ६१ लाख चार हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा इक्विटी सेयर पुँजी दुई अर्ब ९५ करोड १३ लाख ६१ हजार रुपैयाँ र अन्य इक्विटी चार अर्ब १३ करोड ३८ लाख ३९ हजार रुपैयाँ छ । समीक्षा अवधिसम्ममा प्रतिसेयर आम्दानी दुई रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ सात पैसा छ । अघिल्लो वर्ष सोही अवधिसम्म बुटवल पावरको प्रतिसेयर आम्दानी एक रुपैयाँ ९३ पैसा थियो भने प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ ८३ पैसा थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस