×
Lagani
Lagani Shiksha gif
प्रभु ‘स्मार्ट फन्ड’मा आवेदन दिने आज अन्तिम दिन



प्रभु क्यापिटलले बिक्री खुला गरेको ‘प्रभु स्मार्ट फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

प्रभु क्यापिटलले प्रभु म्युचुअल फन्ड अन्तर्गत फागुन १८ गतेदेखि प्रभु स्मार्ट फन्डको कुल ८ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई १४ प्रतिशत अर्थात १ करोड १२ लाख र १ प्रतिशत अर्थात ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित गरिएको छ ।

सर्वसाधरणले बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि आज कार्यालय समयसम्म मात्र आवेदन दिन सक्नेछन् । प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको यो म्युचुअल फन्ड १० वर्षे बन्दमुखी योजना हो ।

उक्त फन्डमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । लगानीकर्ताले सम्पूर्णबैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन् । प्रभु स्माट फन्ड प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको दोस्रो म्युचुअल फन्ड योजना हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस