×
नेपाली महिलाका लागि राष्ट्रपति भण्डारीको भूमिका गर्व गर्न लायक : केपी ओली



एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र नेपाली महिलाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका गर्व गर्न लायक रहेको बताएका छन् ।

११३औँ अन्तर्राष्ट्रिय महिला महिला दिवसको अवसर बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको रुपमा भण्डारीले निर्वाह गरेको भूमिका देश र नेपाली महिलाले गर्व गर्न लायक रहेको बताएका हुन् ।

यही २८ फागुनदेखि कार्यकाल सकिन लागेको राष्ट्रपति भण्डारीको कार्यकाल सफल रहेको उनको भनाइ छ । पहिलोपटक कात्तिक २०७२ मा राष्ट्रपति बनेकी एमालेकी तत्कालीन उपाध्यक्ष भण्डारीले राष्ट्रपतिमा दुई कार्यकाल बिताएकी हुन् । भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस