CZBIL 229.4 -0.1 BNHC 635 -13 RAWA 608.2 -6.8 FMDBL 805 -10.9 H8020 9.6 -0.16 HDL 1603 -16.9 MEN 661 -3 CGH 1185 102 HPPL 329.9 -9.1 AVYAN 1071.1 -58.4 TRH 991 -22 ULBSL 2396 0 HIDCL 204.9 -3 MBLD87 945.9 -2.8 WNLB 1596 -34.5 PPL 506 -13.4 ACLBSL 1300.1 -20.8 STC 6100 -200 NMLBBL 800 -20 PPCL 288 -12 NICAD8283 1100 20 LICN 1580 -10 NSIF2 11.07 0.1 SMJC 441 -19 SWBBL 993 -24 SMB 1845 -12 GIBF1 9.48 -0.55 SPL 806.9 0.9 GFCL 695 12.9 KDL 1297.9 -7.1 NIMBPO 173.8 -7.1 KMCDB 1149 -28.9 NICGF 10.42 -0.21 GCIL 553 -14.9 EBLD85 1072 0 PMHPL 279 -6.2 SPC 605 -1 BEDC 471 -5 ILBS 1201 -9.1 NICA 500 -8
×
आजदेखि खुल्यो ईङवा हाइड्रोपावरको आईपीओ , कति दिने आवेदन ?



ईङवा हाइड्रोपावर कम्पनीले आज देखि आईपीओ निष्कासन गरेको छ।

कम्पनीले पहिलो चरणमा भने आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १०% अर्थात ६ लाख कित्ता सेयर निष्कासन गरेको हो । त्यस्तै वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपियोमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयको हकमा भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ भने वैदेशिक रोजगारमा रहेको नेपालीहरुले मेरो सेयरमार्फत आवेदन सक्ने सक्ने छन।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस