×
Lagani
Lagani Shiksha gif
एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँट भोलि हुदै , १४ लाख बढीको हात खालि हुने।



एशियन हाइड्रोपावर कम्पनीको आइपीओ भोलि बाँडफाँट हुने भएको छ ।

कम्पनीले निस्कासन गरेको आइपीओ आइतबार बिहान ९ बजे एनएमबि क्यापिटल मार्केटको आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौंमा बाँडफाँट हुने भएको छ। यसमा १४ लाख ९२ हजार ७७८ जनाले कुल १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन दिएका छन् । मागभन्दा २३.८४ गुणा बढी आवेदन परेको हुदा गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसले गर्दा ६९ हजार ७२० जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १४ लाख २३ हजार ५८ जनाको भने हात खाली हुनेछ ।

Lagani Shiksha gif

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८ सय  कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। आईपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस