PBD88 1102.1 2.1 CYCL 1540 -7 GLH 244 -2 ENL 1102 -18 MBL 255 -4 USHL 783.2 -13.7 NFS 1350 -43 RMF1 9.15 -0.1 SONA 473.2 -7.8 NIBLSTF 8.68 0 GCIL 498 -5.8 PMHPL 260 -4 NABBC 631 -12 NADEP 1030 -55 MAKAR 500 6 SLBSL 1398.4 21.4 LICN 1995.9 -27.1 MBJC 321 -8 MLBS 1532.3 -86.7 UMHL 308 -4 SHINE 473 -1.8 DLBS 1374 30 NBBD2085 1100 0 MPFL 751 5 SLBBL 958.9 -4.2 SCBD 1111 6 ADBL 367 -11.1 NICBF 9.3 -0.08 TSHL 909 -11 DORDI 429 -3.3 KBSH 2386 -9 LBBLD89 1208.5 23.5 SHLB 1886.9 1.9 NMBD87/88 1027 -3 HDL 1423.1 49.1 SINDU 667 -6 SFEF 9.29 0.22 KBLD89 1156 1 PRSF 9.54 -0.11 NIBD84 1030 -20
×
आजदेखि खुल्यो भूगोल इनर्जिको आईपीओ , कति दिने आवेदन ?



भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको  छ।

कम्पनीले  आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो।  कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

सोमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी – ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजन प्रभावित क्षेत्र दैलेख जिल्ला नौमुले द्वारी ३ बाहेकका स्थानीय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर बाँडफाँट गरेकोकम्पनीले जनाएको छ। त्यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ८११ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा चैत ७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भनेमेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रबर्धन गरिरहेको ३ दशमलव ७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ। सो जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.४१ वर्ष रहेको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस